वीरगञ्जमा सशस्त्र प्रहरी बल नेपालले भन्सार छलिका विभिन्न सामानहरू बरामद गरेको छ। बिहीबार सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायव उपरिक्षक नरेन्द्र सिंह धामीको नेतृत्वमा खटिएको टोलीले भन्सारको सहयोगमा वीरगञ्ज महानगरपालिका १२ मुर्लीस्थित एक गोदाममा छापा मारेको थियो।
सो स्थानमा १६ लाख २५ हजार ४०० बराबरको भन्सार छलिएको चकलेट, फेबिक्विक, र दाँतमाझ्ने ब्रस जफत गरिएको छ। शुक्रबार अर्को टोलीले वीरगञ्ज २५ चण्डाल चोकमा आकस्मिक चेकपोइन्ट राखी चेकजाँच गर्ने क्रममा BR-05-U 4210 नम्बरको मोटरसाइकलमा नेपालतर्फ ल्याउँदै गरेको ८६ हजार २००रुपैयाँ बराबरको कपडा र किराना सामान बरामद गरेको छ।
सो मोटरसाइकलसहित बरामद गरिएकाक मालसामान आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक देवेन्द्र सिंहले जानकारी दिए ।