No Image Headlineदेशमुख्य खबरविशेष

बेमौसमी वर्षाको कहर : ठाउँठाउँमा पहिरो, राजधानी जोड्ने मुख्य बाटो बन्द, कुन सडकको अवस्था कस्तो ?

हवाई उडान पनि प्रभावित

शुक्रबार बिहानदेखि परेको निरन्तर वर्षाले काठमाडौँ-मुग्लिन सडक खण्डमा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ। यसले गर्दा संघीय राजधानीलाई जोड्ने प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। चाडपर्वको समयमा राजधानीबाट घर फर्कने यात्रुहरू गन्तव्यमा पुग्न नपाएर समस्यामा परेका छन्।

Patanjali Nepal
SweetMart Nepal

सडकको कोइराले, ८ किलो, नागढुंगा, र सुरुङमार्ग लगायतका स्थानमा पहिरो खसेको कारण यातायात पूर्ण रूपमा ठप्प भएको छ। प्रहरीको टोलीले पहिरो हटाउन लगातार प्रयास गरिरहे पनि एक ठाउँको पहिरो हटाउँदै गर्दा अर्को स्थानमा पहिरो खस्ने क्रम जारी छ। यसले गर्दा यात्रुहरूले निकै ठूलो सास्ती भोग्नुपरेको छ।

तर, प्रहरीको भनाइ अनुसार मुग्लिन-नारायणगढ र पोखरा सडक खण्ड भने सामान्य अवस्थामा छ। प्रहरी प्रशासनले वर्षा नरोकिएकाले अत्यावश्यक काम बाहेक यात्रा नगर्न आग्रह गरेको छ।

मध्यपहाडी लोकमार्गमा पहिरो
मध्यपहाडी लोकमार्गको खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा पनि ठूलो पहिरो खसेको छ। शुक्रबार मध्यान्ह १२ बजे बर्खेटार क्षेत्रमा झरेको पहिरोले सडकको करिब २० मिटर भाग पुरेको छ।

यो पहिरोका कारण दुईतर्फी यातायात अवरुद्ध भएको छ। अहिले स्थानीय प्रशासन र सडक विभागको समन्वयमा पहिरो हटाउने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालयले एक्साभेटरको प्रयोग गरी पहिरो पन्छाउने प्रयास गरिरहेको जनाएको छ

भीमफेदी-कुलेखानी-फाखेल सडक अवरुद्ध

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा गएको पहिरोले भीमफेदी-कुलेखानी-फाखेल सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खसेर बाटो अवरुद्ध भएको हो । सडकको अवरोध पन्छाउन प्रहरी टोली, र स्थानीयवासीले पहल गरिरहेको जनाएको छ । यसैगरी बिहीबार बिहाननदेखि हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध छ ।

मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखास्थित कान्ति लोकपथ सडकखण्डमा वर्षाका कारण माथिबाट पहिरो खसेर सडक अवरोध भएको हो । सडकमा खसेको अवरोध पन्छाउन पनि वर्षाका कारणले समस्या भएको छ ।

उडान प्रभावित

खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ। मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन्।

त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन्।आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ। शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ।

बागमती र विष्णुमती नदीमा खतरा तह पार
लगातारको वर्षाका कारण काठमाडौंका प्रमुख नदीहरूमा बाढी उर्लिएको छ। शिवपुरी, सुन्दरीजल, गोदावरी लगायतका क्षेत्रहरूमा भारी वर्षाले बागमती लगायतका नदीहरूमा पानीको सतह बढेर खतरा तह पार गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विशेषगरी बागमती नदी खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु, र विष्णुमती गोङ्गबु बसपार्क क्षेत्रमा जलसतह चेतावनी तह पार गरेको छ। बाढीका कारण तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन मौसम विभागले सुझाव दिएको छ। अझै केही दिन पानी पर्ने सम्भावना रहेकोले विशेष सतर्कता अपनाउन भनिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button