अर्थखबर फटाफट

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान र हुन्डीको नगदसहित गाडी भन्सार दाखिला

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा. पर्साबाट खटीएको टोलिले बि.न.पा.-१५ स्थित रहेको प्रतिमा चोकबाट भन्सार छलि ल्याई बिभिन्न सार्वजनिक सवारी साधन (बस) हरुमा लोड गरी लुकाई छिपाई काठमाण्डौ तर्फ लैजादै गरेको रु. ११,५८,७७०।- बराबरको खजुर,कपडा तथा बिभिन्न किसिमका ईलेक्ट्रोनिक्स सामनहरु बरामद गरी आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

Patanjali Nepal
SweetMart Nepal

सशस्त्र प्रहरी बल नेपाल प्र.सि.सु.गुल्म बिरगंजबाट खटीएको टोलीले रु. १,३०,०००।- बराबरको भन्सार छलीका सामान बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

सोहि गुल्मबाट खटीएको टोलीले प्रज्ञापन पत्र एवं सुबिधा पास समेत नभएको MP 04 CK 7441 नं. को भारतिय सवारी साधन कारलाई बि.म.न.पा -१६ भन्सार मेनगेट नजिक बेवारिसे अवस्थामा पार्किङ् गरी राखेको अवस्थामा नियन्त्रणमा लिई मुल्य रु. ४०,००,०००।- भन्सार मुल्याङ्कन गरी आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्र.सि.सु.गुल्म बिरगंजबाट खटीएको चेकपईन्ट डिउटी टोलीले बि.म.न.पा -१६ भन्सार मेनगेट स्थित चेकप्वाईन्टबाट भारतबाट नेपाल तर्फ आउदै गरेको ना ५४ प ९६८४ नम्बरको मो.सा. लाई शंका लागि चेकजाँच गर्दा उक्त मो.सा.मा सवार जिल्ला पर्सा बिमनपा -२ बस्ने अ.बर्ष ५० को पुरुष र ऐ.ऐ. बस्ने अ.बर्ष ४५ की महिलाले झोला र कम्मरमा लुकाई छिपाई बिरगंज तर्फ ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया रु. ८,००,०००।- भेटिएकोले उक्त नगद सहित रु. २,००,०००।- को मो.सा. र ब्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सूचना अधिकारीले सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button