दूरदृष्टि डिजिटलले दियो भाग्यमानी बिजेतालाई बाइक उपहार
स्वदेशमै टेलिभिजन एसेम्बल गर्दै आएको दूरदृष्टि डिजिटलले आफ्ना २ जना लक्की ग्राहकलाई मोटरसाइकल उपहार प्रदान गरेको छ । गत साउन महीनाका बिजेतालाई उपहार प्रदान गरिएको हो ।
भाग्यमानी ग्राहक उमेश ठाकुर र विनोद मानन्धरले मोटरसाइकल जितेका हुन् । मासिक किस्ताबन्दी रकम जम्मा गरी टेलिभिजन लिने ग्राहकमध्ये प्रत्येक महीना एक जना भाग्यमानी ग्राहकलाई सो उपहार प्रदान गर्दै आएको छ ।
कम्पनीले नवौं महीनासम्मको उपहार प्रदान गरिसकेको र कुल २३ महीनासम्म यो उपहार योजना सञ्चालन गरिने कम्पनीका अध्यक्ष विष्णुप्रसाद काफ्लेले जानकारी दिए ।
सो कम्पनीले उत्पादन गरेको KEEN ब्राण्डको टेलिभिजन खरीदमा परेको मोटरसाइकल उपहार प्रदान गरिएको कम्पनीका अध्यक्ष काफ्लेले बताए । काठमाडौंको धुम्बारहीमा एक समारोहबीच मोटरसाइकल बिजेता ग्राहकहरुलाई उपहार हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
उद्यमी काफ्लेले स्वदेशी जडिबुटी र कृषि उपजको उपयोगमार्फत साबुन, सरफ, टायल, मार्बल क्लिनर, ट्वाइलेट क्लिनर, टुथ पेस्टलगायतका सामान र टेलिभिजन, बासिङ मेसिनलगायतका विद्युतीय उपकरण उत्पादन गर्दै आएका छन् ।
उनकै अग्रसरतामा अभियान ब्राण्डको टेलिभिजन र बासिङ मेसिन पनि बजारमा यसअघि नै आएको थियोे । २ महीनाभित्रै KEEN ब्राण्डमा वासिङ मेसिन र एसी बजारमा ल्याउने योजना उद्यमी काफ्लेले सुनाए ।