No Image Headlineदेशमुख्य खबर
फैलिँदै डेंगी संक्रमण, संक्रमितको संख्या ८ हजारभन्दा बढी
नौ दिनमा १३ सयभन्दा बढी डेंगी संक्रमित थपिए
यो वर्ष सन् २०२४ सेप्टेम्बर ९ सम्म देशभर डेंगी संक्रमितको संख्या आठ हजार १५९ पुगेको छ ।
सबैभन्दा धेरै तनहुँमा एक हजार ३०६ जना संक्रमित भएका छन् । कास्कीमा एक हजार ४०, स्याङ्जामा ७४९, काठमाडौंमा ६८७ र चितवनमा ५८९ जनामा डेंगी पुष्टि भएको छ ।
यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५०० भन्दा कम छ । यो वर्ष डेंगी संक्रमणबाट पाँचजनाको मृत्यु भइसकेको छ ।
यो सेप्टेम्बरका नौ दिनमा १ देखि ९ सम्म देशभर १३ सयभन्दा बढी डेंगी संक्रमित थपिएका छन् । पछिल्ला नौ दिनमा एक हजार ३१३ जनामा डेंगी पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जनाएको छ ।
हुम्ला र डोल्पाबाहेकका ७५ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।