No Image Headlineअर्थखबर फटाफट
एक वर्षमै ४१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, यस्तो छ कारण
गत वर्ष भदौ २६ गते प्रतितोला एक लाख १२ हजार दुई सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर एक लाख ५३ हजार चार सय रुपियाँ पुगेको छ । एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुन आयातमा लाग्दै आएको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशतमा पु-याएकाले पनि सुनको मूल्य थप महँगो पर्न गएको व्यवसायीको भनाइ छ ।
भन्सार दर बढेका कारण तोलामा सुनको मूल्य सात हजार थप बढ्न गएको व्यवसायीको भनाइ छ । गोरखापत्रले एक वर्षमै सुनको मूल्य ४१ हजार रुपैयाँले बढेको खबर छापेको छ ।