No Image Headlineखबर फटाफटदेश

निर्मला हत्याकाण्डको सुक्ष्म अनुसन्धान हुने गृहमन्त्रीको भनाइ

गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन् । आज महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए ।

Patanjali Nepal
SweetMart Nepal

उनले भने, ‘यो प्रकरणलाई मैले गम्भीरताका साथ लिएको छु, यो घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान हुन्छ ।’ कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

गृहमन्त्रीले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाको रुपमा विकास गर्ने बताए । ‘कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ, निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीनसँग जोड्छ ।’

उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए । दुई महिनाभित्रै सुख्खा बन्दरगाह निर्माणका लागि भारतले टेन्डर आह्वान गर्ने उनको भनाइ छ ।

तीन दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरमा दुईवटा प्रहरी भवन उद्घाटनका साथै बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button