वीरगञ्जमा स्याहार अर्थतन्त्रबारे अन्तरक्रिया

निजीक्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयमा बुधवार वीरगञ्जमा मधेश प्रदेश स्तरीय रोजगारदाताको भूमिकामा कार्यक्रम भएको छ । सो कार्यक्रमको उदघाटन सत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक कुमार टेमानीले गरे ।



कार्यक्रमको प्रमुख अतिथि शुर कृष्ण बैद्य, अतिथिहरु नेउवामहासंघका केन्द्रीय सदस्य सुबोध गुप्ता, कृषि उद्यम केन्द्रका सभापति डीबी बस्नेत, अन्तरास्ट्रिय श्रम संगठन नेपालका प्राविधिक विशेषज्ञ अक्साना लिप्कानो तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालको सहभागिता रहेको थियो ।



निजीक्षेत्रमा स्याहार अर्थतन्त्रकोबारेमा प्रमुख अतिथि नेउवामहासंघका उपाध्यक्ष शुरकृष्ण बैद्यद्वारा केयर इकोनोमीको तालीममा स्याहार नीति, स्याहार म्यनुवल निर्माण र यसको उद्देश्यहरुबारे बताए ।



स्याहार कामको लागि बैदेशिक रोजगारीमा जानेले पठाउने रकम अर्थतन्त्रमा गणना नहुने, अनौपचारिक कामको गणन हुन नसकेको यथार्थ भएको बताउंदै यसमा निजीक्षेत्रको पनि सहभागिताको महत्वपूर्ण रहेकोमा जोड दिए ।
अन्तरास्ट्रिय श्रम संगठन नेपालका प्राविधिक विशेषज्ञ अक्साना लिप्कानोले महिलाहरुको अनौपचारिक क्षेत्रमा ठूलो उपस्थिति भएकोले यसमा केन्द्रित गरिएको उल्लेख गरिन् ।