No Image Headlineअर्थ

करेसाबारी बाँझो राखेर एक वर्षमा २८ अर्बको तरकारी अयात

नेपालीले एक वर्षमा २८ अर्ब रुपैयाँभन्दा बढीको विदेशी तरकारी खाएको पाइएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा नेपालमा एक वर्षमा २८ अर्ब ३१ करोड रुपैयाँको तरकारी आयात भएको हो ।

विभागको तथ्यांक अनुसार एक वर्षमा ५ लाख ४५ हजार मेट्रिक टन तरकारी नेपालमा आयात भएको छ । यस्तै नेपालबाट पनि केही मात्रमा तरकारी निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । नेपालबाट ८२ करोड रुपैयाँको तरकारी निर्यात भएको विभागले जनाएको छ ।

तरकारीबाट सरकारले एक वर्षमा करिब २७ अर्ब ४८ करोड रुपैयाँको घाटा बेहोरेको छ । यस्तै सरकारले एक वर्षमा ४ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालमा भारतबाट १४ अर्ब ६ करोड र चीनबाट २ अर्ब ३६ करोड रुपैयाँ बारबारको करिब चार लाख मेट्रिक टन तरकारी आयात भएको छ । यस्तै अन्य मुलुकबाट १ लाख मेट्रिक टनभन्दा बढीको तरकारी आयात भएको विभागको तथ्यांक छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button