No Image Headlineखबर फटाफटदेश

पूर्व भूमिव्यवस्था राज्यमन्त्री रामचन्द्र रायको हत्या

पूर्व भूमिव्यवस्था राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।  ८० वर्षीय रायको सर्लाहीको चन्द्रनगर गाउँपालिका १ रतनपुरस्थित आफ्नै निवासमा गएराति हत्या भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले लोकान्तरलाई जानकारी दिए ।

बन्चरो प्रहारगरी उनको हत्या भएको डीआईजी कार्कीले बताए । रगतले लतपतिएको अवस्थामा रायको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला तथा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धानमा जुटेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीआईजी कार्कीले बताए । ८० वर्षीय राय राप्रपाबाट भूमि व्यवस्था राज्यमन्त्री भएका थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button