अन्तराष्ट्रिय

यमनमा हूथीविरुद्ध इजरेलको हमला

इजरेलले यमनमा हूथी नियन्त्रित रेड सीको हुडैडा बन्दरगाह हवाई हमलाहरू गरेको छ। हूथी समूहले तेलअभिभमा एउटा ड्रोन प्रहार गरेको एक दिनपछि इजरेलले हवाई हमला गरेको हो।

इजरेली रक्षामन्त्री योआभ गालान्टले आफ्नो देशले हूथी आन्दोलनलाई यो हमलामार्फत सन्देश दिन चाहेको बताएका छन्। उनले भने, हुडैडामा यतिखेर दन्किरहेको आगो मध्यपूर्वभरि देखा देखिएको छ र त्यो उल्लेख्य रूपमा प्रस्ट छ।

हूथीसँग सम्बन्ध भएका सञ्चारमाध्यमहरूले सो इजरेली हमलाबाट तीन जना मारिनुको साथै ८० जनाभन्दा धेरै घाइते भएको उल्लेख गरेका छन्। एकजना हूथी अधिकारी मोहम्मद अब्दुलसलामले त्यसलाई यमनविरुद्ध इजरेलको क्रूर आक्रामक कार्यू भनेका छन्।

ती हूथी अधिकारीले आफूहरूविरुद्ध हमला गरेर इजरेलले गाजामा प्यालेस्टिनीहरूलाई साथ दिने काम बन्द होस् भन्ने चाहे पनि त्यसो नहुने बताए। हूथी आन्दोलनको कार्यकारी निकाय हूथी सर्वोच्च राजनीतिक परिषद्लाई उद्धृत गर्दै हूथीहरूद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएअनुसार यी हवाई हमलाको प्रभावकारी जबाफ दिइने जनाइएको छ।

इजरेली सेनाले आइतवार बिहान यमनबाट प्रहार गरिएको एउटा क्षेप्यास्त्र इजरेली हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै खसालिदिएको जनाएको छ। यो घटना पछिल्ला पटक इजरेलले हूथीहरूविरुद्ध गरेको पहिलो प्रत्यक्ष आक्रमण हो।

इजरेलले यसबीचमा आफूहरू लक्षित सयौँ यमनी ड्रोन र क्षेप्यास्त्र प्रहार भएपछि त्यसको जबाफ दिएको जनाएको छ। शनिवार साँझको भिडिओ फुटेजमा हुडैडामा विशाल आगो दन्किरहेको देखिन्छ।

राजधानी सनामाबाट हूथी नियन्त्रित सरकारले इजरेलले समुद्री तट नजिकैको तेल भण्डार र नजिकैको ऊर्जा केन्द्रमा हमला गरेको जनाएको छ। इजरेल डिफेन्स फोर्सेस आइडीएफले हुडैडा बन्दरगाह क्षेत्रमा गरेका हमलाबारे एक विज्ञप्तिमा भनेको छ, यमनका हूथीहरूबाट नौ महिना लगातार इजरेलतर्फ गरिएका हमलापछि आइडीएफका लडाकु जेटहरूले १,८०० किलोमिटर पर हूथी आतङ्कवादीहरूका निसानामा एउटा विस्तृत कारबाही अन्तर्गत हमला गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button