
नेपाल युवा उद्यमी मञ्च एनवाइईएफ वीरगञ्ज उत्कृष्ट च्याप्टर घोषित भएको छ । काठमाडौँमा भएको नेपाल युवा उद्यमी मञ्चको २० औँ साधारण सभाको अवसरमा वीरगञ्ज च्याप्टरले उत्कृष्ट च्याप्टरको उपाधि पाएको हो ।



नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल र एनवाइईएफ एनजीसी अध्यक्ष सहारा जोशीले वीरगञ्ज च्याप्टरका निवर्तमान अध्यक्ष सन्दीप अग्रवाललगायतलाई सामूहिक रूपमा अवार्ड प्रदान गरे । वीरगञ्ज च्याप्टरले यसअघि उत्कृष्ट च्याप्टर बन्न सफल भएको थियो ।



च्याप्टरले गरेका काम र गतिविधिको मूल्याङ्कन गर्दै सम्मानित गरिएकोमा खुशी व्यक्त गर्दै च्याप्टरका निवर्तमान अध्यक्ष अग्रवालले आगामी दिनमा अझै सक्रिय भएर काम गर्ने हौसला मिलेको बताए ।



यसमा च्याप्टरका सम्पूर्ण पदाधिकारी र सदस्यहरुको समर्पण र सहकार्यले काम गरेको भनाइ अग्रवालको थियो । एनवाईइएफ काठमाडौँ च्याप्टरलाई पनि उत्कृष्ट च्याप्टरको अवार्ड प्रदान गरिएको छ ।