No Image Headlineअन्तराष्ट्रिय
माइक्रोसफ्टको सर्भर डाउन हुँदा विश्वभर १ हजार ४ सय उडान रद्द

माइक्रोसफ्टको सर्भर डाउन हुँदा विश्वभर १ हजार ४०० उडानहरू रद्द भएका छन् । यसबाट सबैभन्दा धेरै प्रभावित अमेरिका भएको छ । अहिलेसम्म अमेरिकामा ५१२ उडानहरू रद्द भएका छन् ।



यस्तै, जर्मनीमा ९२, भारतमा ५६, इटालीमा ४५ र क्यानडामा २१ उडान स्थगित भएका छन् । माइक्रोसफ्टको सर्भरमा समस्या, विश्वभरका बैंक, मिडिया समूह र एयरलाइन्स प्रभावित भएका छन् ।



बीबीसीका अनुसार टर्कीको ध्वजवाहक टर्किस एयरलाइन्सले आईटी आउटेजबाट प्रभावित भएको पुष्टि गरेको छ । एयरलाइन्सको ८४ वटा उडान स्थगित भएको छ । यस्तै, अस्ट्रेलियाको सिड्नीमा विमान उडान प्रभावित भएको छ ।



युनाइटेड एयरलाइन्सले आफ्नो हवाई सेवा बन्द गरेको छ । माइक्रोसफ्टले अवशिष्ट प्रभावले सेवाहरुलाई असर गरिरहेको जनाएको छ ।