No Image Headlineदेश

हिंसात्मक प्रदर्शन चर्किएपछि स्वदेश फर्किँदै बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी

आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि बाङ्ग्लादेशका विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई हवाई तथा स्थलमार्गबाट स्वदेश फर्काउन थालिएको अधिकारीहरूले बताएका छन्। असुरक्षित महसुस गरी स्वदेश फर्कन चाहने विद्यार्थीूलाई आफूहरूले सहजीकरण गरिरहेको ढाकास्थित नेपाली दूतावासका अधिकारीले बताएका छन्।

काठमाडौंस्थित एक अभिभावकले बाङ्ग्लादेशस्थित केही नेपाली विद्यार्थीहरू आफ्नै पहलमा समेत हवाईमार्गबाट स्वदेश फर्किरहेको बताएका छन्। परराष्ट्र मन्त्रालय र ढाकास्थित नेपाली राजदूतावासले स्वदेश नफर्की बाङ्ग्लादेशमै बस्न चाहने विद्यार्थीको पनि त्यहाँको सरकार र कलेज तथा विश्वविद्यालय प्रशासनसँग समन्वय गरी सुरक्षाको प्रत्याभूति गरिएको जनाएका छन्।

नेपाली कूटनीतिक अधिकारी तथा अभिभावकहरूले दिएको जानकारीअनुसार ढाकाबाट सानो सङ्ख्याका नेपाली विद्यार्थीहरू हवाईमार्ग हुँदै काठमाडौं आएका छन्। तर त्योभन्दा ठूलो सङ्ख्यामा विद्यार्थीहरू स्थलमार्ग हुँदै नेपाल फर्कँदै छन्।

ढाकाभन्दा बाहिरका विद्यार्थीहरूलाई हामीले स्थलमार्गबाट सुरक्षित बाटो हुँदै भारतीय सीमातर्फ जान सहजीकरण गरेका छौँ, ढाकास्थित नेपाली दूतावासकी द्वितीय सचिव योजना बम्जनले भनेकी छन् । प्रदर्शन हिंसात्मक बनेपछि बाङ्ग्लादेश सरकारले इन्टरनेट बन्द गर्नुका साथै टेलिफोन लाइनहरूमा पनि अवरोध गरेको छ ।

त्यस क्रममा उनले दिएको जानकारीअनुसार ढाकामा रहेका विद्यार्थीहरू भने हवाईमार्गबाट नेपाल फर्किरहेका छन्। बिहीवारै केही नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए भने शुक्रवार मुख्यत ढाकालाई छलेर स्थलमार्गबाट भारतको पश्चिम बङ्गाल तथा पूर्वोत्तरको राज्य त्रिपुरालगायत क्षेत्र हुँदै विद्यार्थीलाई फर्काइँदै छ।

हालसम्म कति विद्यार्थी बाङ्ग्लादेशबाट नेपालतर्फ फर्किए र कति बाँकी छन् भन्ने यकिन सङ्ख्या दिन सकिने अवस्था नरहेको उनले बताइन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार स्थलमार्गबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले त्यसका लागि सहजीकरण गरिदिन दिल्लीलाई आग्रह गरिएको छ।

बीबीसी बाङ्ग्लाका अनुसार हालसम्म त्यहा २५ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। अधिकारीहरूले बाङ्ग्लादेश सरकारले विभिन्न कलेज र विश्वविद्यालयका छात्रावासबाट बाङ्ग्लादेशी विद्यार्थीहरूलाई बाहिर पठाएको र त्यहाँ अब विदेशी विद्यार्थीहरू मात्रै बाँकी रहेका जनाएका छन्। बीबीसीको सहयोगमा

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button