खेल संसार

नेपाली महिला राष्ट्रिय टोलीले श्रीलंकासँग अभ्यास खेल खेल्ने

एसीसी महिला टी–ट्वेन्टी क्रिकेटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय टोलीले श्रीलंकासँग अभ्यास खेल खेल्ने भएको छ। नेपाली महिला टोली र श्रीलंका डेभलपमेन्ट टिमबीच भोलि अभ्यास खेल सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

यी दुई टोलीबीच सरी भ्यालीमा तीन वटा अभ्यास खेल हुनेछन्। नेपालले भोलि, पर्सि र १६ जनुलाईमा श्रीलंका डेभलपमेन्ट टिमसँग टी–ट्वेन्टी अभ्यास खेल्नेछ। आगामी एसिया कपको तयारीमा रहेको नेपाली महिला टोली हिजो साँझ कोलम्बो पुगेको थियो।

आगामी १९ जुलाई अर्थात् साउन ४ गते सुरु हुने एसीसी टी–ट्वेन्टी महिला क्रिकेटमा नेपाल समूह एमा छ। नेपालको समूहमा नेपालसहित भारत, पाकिस्तान र युएईको महिला टोली छन्। समूह बीमा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्डका महिला टोली छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button