कला/साहित्य

बलिउड सेलिब्रिटी करण जोहरलाई ८ वर्षको उमेरदेखि बडी डिस्फर्मिया

भारतीय फिल्म निर्माता तथा निर्देशक करण जोहरले आफूलाई बडी डिस्फर्मिया नामक मानसिक समस्या रहेको बताएका छन्। हाल ५२ वर्षमा रहेका जौहरले एक अन्तर्वार्तामा आफू ८ वर्षदेखि उक्त समस्याबाट जुधिरहेको बताए।

‘म आफ्नो शरीरलाई लिएर सहज छैन। यसबाट बाहिर निस्किन मैले मानसिक रोगका चिकित्सकको सहयोग समेत लिनु परेको थियो,’ उनले थपे। आफ्नो शरीरको कुनैपनि भाग देखाउन असहज हुने बताउँदै स्विमिङ पुलमा आफूलाई निकै अप्ठ्यारो लाग्ने बताए।

उनले भनेका छन्, ‘मैले वर्षौंदेखि आफ्नो शरीरलाई लिएर सहज हुने निकै कोशि गरें। तर यसबाट बाहिर निस्किन सकिनँ।’ आफू सधैं ओभरसाइज कपडामा सहज महशुस गर्ने पनि उल्लेख गरे। भने,  ‘कसैले मेरो शरीरको कुनैपनि भाग नदेखोस् भन्ने मलाई सधैं लागिरहन्छ।’

आफूले यसबाट बाहिर निस्किन थेरापीको सहारा लिएको बताए। उनले भने, ‘एक समय त मलाई पेनिक अट्याक समेत आउँथ्यो। त्यसबाट बाहिर निस्किन औषधि नै लिनुपर्यो ।’

मानसिक स्वास्थ्यलाई लिएर उनी कुरा गरिरहन्छन्। यसअघि उनले आफू एन्जाइटीको शिकार भएको बताएका थिए। आफू औषधिको भरोसामा चलिरहेको बताउन कुनै लज्जाको विषय नभएको उल्लेख गरेका छन्।

लक्षणहरु

  • बारम्बार ऐनामा हेरेर आफूलाई जाँच्न मन लाग्ने
  • टोपी, स्कार्फ वा मेकअपले आफ्नो शरीरको भाग लुकाउने प्रयास गर्ने
  • लगातार व्यायाम गर्ने
  • आफूलाई अरुसँग लगातार तुलना गरिरहने
  • आफू ठीकठाक देखिएको वा नदेखिएको अरुलाई सोधिरहने
  • सामाजिक गतिविधिबाट टाढा रहने
  • चिन्तित, निराश र लजालु स्वभाव बन्दै जाने

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button