कला/साहित्य

मृत्युको २७ वर्षपछि एल्बम सार्वजनिक हुँदै, चर्चा विश्वभर

पाकिस्तान र भारतसहित विश्वभरि चर्चा कमाएका गायक तथा कव्वाल नुसरत फतेह अली खानको सन् ९० को दशकको एक एल्बम उनको निधन भएको २७ वर्षपछि सार्वजनिक हुँदै छ। उक्त एल्बम ३४ वर्षअघि लन्डनको एउटा स्ट्यूडिओको भण्डारमा राखिएको थियो। यसलाई रिअल वर्ल्ड रेकर्ड्सले चेन अफ लाइट नाम दिएको छ।

Patanjali Nepal
Sweet Mart Food

कम्पनीका अनुसार यसमा चारवटा कव्वाली छन्, जसमध्ये एउटा यसअघि कहिल्यै सार्वजनिक भएको छैन। एल्बम फेला पर्नुको पछाडि रोचक प्रसङ्ग छ। रिअल वर्ल्ड स्ट्यूडिओले सन् २०२१ मा आफ्ना पुराना रेकर्डिङ अर्को स्थानमा सार्ने काम नगरेको भए यो एल्बम अझै धेरै वर्षसम्म प्रशंसकहरूसम्म पुग्ने थिएन होला।

तर पछिल्लो खबरसँगै संसारभरि रहेका नुसरत फतेह अली खानका प्रशंसकहरूले उक्त एल्बमका लागि व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन्।

नुसरत फतह अलीको स्वरको जादु यस्तो छ कि उनका प्रशंसकहरू एल्बम सार्वजनिक हुने मिति अर्थात्‌ सेप्टेम्बर २० लाई अहिलेदेखि सम्झेर बसिरहेका छन्। नुसरत फतह अली खानको ४८ वर्षको उमेरमा सन् १९९७ मा निधन भएको थियो।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button