No Image Headlineअर्थखबर फटाफट
मुख्यसचिव वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर खरीदमा भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।



आयोगले अर्याल र अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यसहित अन्य व्यक्तिहरूमाथि मुद्दा चलाएको हो। अख्तियारले उनीहरूमाथि ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँको बिगो मागदाबी गरेको छ।



विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले यसबारे जानकारी दिएका छन्। मुद्दा दर्ता भएपछि मुख्यसचिव डा. अर्याल स्वतः निलम्बनमा परेका छन्।



नेपालको निजामती इतिहासमा बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचारको मुद्दा लागेको यो सम्भवतः पहिलो घटना हो।