No Image Headlineखबर फटाफटदेश

एनवाईईएफ वीरगञ्जको अध्यक्षमा पंकज अग्रवाल सर्वसम्मत

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जको वार्षिक साधारण सभा सम्पन्न भएको छ। मञ्चका अध्यक्ष सन्दिप अग्रवालको अध्यक्षतामा शुक्रवार सम्पन्न भएको साधारण सभाले पंकज अग्रवालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

Patanjali Nepal
Sweet Mart Food

नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा विश्वास प्रताप साह, द्वितिय उपाध्यक्षमा चन्दन सिंह, र कार्यसमिति सदस्यहरूमा मोहित गुप्ता, सुरज रुंगटा, आशु सर्राफ, हिमान्शु वर्णवाल, हितेश जोशी, राधा हमाल, निखिल गुप्ता, मनिष सिष्का, र ऋषि साह रहेका छन्।

सल्लाहकार समितिमा पूर्व अध्यक्ष राकेश साह, अनुप अग्रवाल, अर्विन्द बहादुर अमात्य, राहुल अग्रवाल, आशिष कुमार लाठ, र बिकास ठाकुर रहेका छन्।

साधारण सभाको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका थिए। उनले युवा उद्यमी मञ्च वीरगञ्जले युवालाई उद्यमशीलतामा प्रोत्साहन गरेको भन्दै प्रशंसा गरे र मञ्चले गरेका कामको सराहना गरे। उनले युवाहरू व्यवसायतर्फ प्रेरित भइरहेकोमा खुशी व्यक्त गरे। कार्यक्रममा एनवाईईएफ केन्द्रीय अध्यक्ष सहारा जोशीले वीरगञ्ज च्याप्टरको काम उदाहरणीय भएको भन्दै प्रशंशा गरिन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, निवर्तमान अध्यक्ष गणेश प्रसाद लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, पूर्व अध्यक्ष डा. सुवोध कुमार गुप्ता, उद्योगी अशोक वैद्य, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल, र सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतको उपस्थिति रहेको थियो।

एनवाईईएफ वीरगञ्जका पूर्व अध्यक्ष अनुप अग्रवाल, राकेश साह लगायत मञ्चका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरू पनि उपस्थित थिए। साधारण सभाले वीरगञ्ज च्याप्टरको नयाँ नेतृत्व पनि चयन गरेको छ। कार्यक्रमको सहजीकरण पत्रकार निलिमा पौडेलले गरेकी थिइन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button