खबर फटाफटदेश

वीरगञ्जमा रास्वपाको चियापान, वैकल्पिक शक्तिको रूपमा अघि बढिरहेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो स्थापना दिवसको अवसरमा आज पर्सा शाखाले वीरगन्जमा चियापान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला संयोजक हरि पन्तले गरेका थिए।

Patanjali Nepal
Sweet Mart Food

कार्यक्रममा विभिन्न राजनीतिक दलका जिल्ला अध्यक्षहरू र प्रतिनिधिहरूले शुभकामना व्यक्त गरे। रास्वपाका सामाजिक संगठन सचिव शंकर श्रेष्ठले बोल्दै रास्वपाले भ्रष्टाचार शून्य शासन व्यवस्थाको मूल मन्त्र लिएर वैकल्पिक शक्तिका रूपमा अघि बढिरहेको बताए।

उनले पुराना राजनीतिक दलहरूप्रति नागरिकको निराशा बढ्दै गएकाले रास्वपा विकल्पका रूपमा आएको उल्लेख गरे। साथै, रास्वपाका मन्त्रीहरूले जिम्मेवारी लिएका मन्त्रालयहरूमा जनताको काम प्रभावकारी रूपमा भइरहेको र यसले विपक्षीहरूलाई अत्तालाएको पनि बताए।

कार्यक्रममा रास्वपा पर्साका संयोजक हरि पन्त, पार्टीका केन्द्रीय सदस्य डा. नन्दन यादव, नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, पूर्व मेयर विजय कुमार सरावगी, वीरगन्ज महानगरपालिकाका उपप्रमुख तथा नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलम लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाज र सञ्चारकर्मीहरूको पनि उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button