No Image Headlineदेश

रामराजा क्याम्पसका प्राध्यापक आज पनि कालोपट्टी बाँधेर काममा, गोली हान्ने अझै पक्राउ परेनन्

बाराको कलैयास्थित श्री रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण प्रसाद कुशवाहाको हत्या भएको घटनाप्रति गम्भीर आपत्ति प्रकट गर्दै क्याम्पसका प्राध्यापकहरु आज बिहीबार पनि हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

Patanjali Nepal
Sweet Mart Food

उनीहरुले दोषीलाई कडा कानूनी कारवाहीको माग गरेका छन् । गत जेठ ३२ गते साँझ बाराको आदर्श कोतवाल ३ बतरामा गोली प्रहारबाट क्याम्पस प्रमुख कुशवाहाको हत्या भएको थियो । गाली हान्ने व्यक्तिलाई प्रहरीले अझै पक्राउ नगरेको भन्दै शिक्षकहरुले चिन्ता व्यक्त गरेका छन् ।

हिजो बुधबार बाराका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा कालोपट्टी बाँधेर प्रदर्शन गरिएको थियो । ती संस्थाहरुले चरणबद्ध आन्दोलनको घोषणासमेत गरेका छन् ।

त्यसयता शिक्षण सेवासम्बद्ध संघ संस्था र सो क्याम्पसका प्राध्यापकहरु हत्यारालाई कारवाहीको माग गर्दै आन्दोलित भएका छन् । घटनापछि प्रहरीले ७ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।

गोली प्रहार भएलगत्तै घाइते अवस्थाका कुशवाहले फोनमार्फत गोली हान्ने व्यक्तिका बारेमा बाराका प्रहरी अधिकारीलाई जानकारी गराएका थिए । ती व्यक्ति पक्राउ परेका छैनन् । कुशवाहलाई वीरगञ्जको वयोधा अस्पतालमा ल्याएपछि मृत घोषित गरिएको थियो ।

शुक्रबार क्याम्पसबाट मौन जलुश निकालेर कलैयाको भरतचोकमा विरोधसभा गर्नेलगायतका आन्दोलन घोषणा गरिएको छ । शैक्षिक क्षेत्रको सुरक्षा र न्याय सुनिश्चित गरिनुपर्ने कुरामा जोड दिँदै माग पूरा नभए थप कडा आन्दोलनका कार्यक्रमहरू अघि बढाउने चेतावनी समेत दिइएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button