No Image Headlineखबर फटाफटदेश

सर्लाहीमा बस दुर्घटना, तीन जनाको मृत्यु, १७ जना घाइते

सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन्।

Patanjali Nepal
Sweet Mart Food

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रु बाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि तुरुन्त उद्धार गरी घाइतेहरुलाई हरिवनस्थित नमूना अस्पताल पुर्याइएका थिए, जहाँ चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका थिए भन्ने जानकारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले दिएका छन्।

रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो। बसमा ४० जना सवार रहेका थिए भने गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button