No Image Headlineअर्थमुख्य खबर

बारा-पर्सामा ७ ओटा सिमेन्ट उद्योग बन्द : १ हजार मजदूर बेरोजगार, १० अर्ब लगानी डुब्यो

बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित आधा दर्जनभन्दा बढी सिमेन्ट उद्योग बन्द भएका छन्। १० अर्ब लगानी जोखिममा परेको छ र कम्तीमा १ हजार रोजगारी गुमेको छ।

Patanjali Nepal
Sweet Mart Food

बारा–पर्सा औद्योगिक कोरिडोरका ७ वटा सिमेन्ट उद्योग बन्द भइसकेका छन् भने ४ वटा मात्र कुनै न कुनै रूपमा उत्पादन जारी राखेका छन्। यी उद्योगहरु बन्द हुँदा सयौं मजदुर बेरोजगार भएका छन्। बन्द भएका उद्योगहरुमा इन्टरनेशनल, कृष्णा, आरएमसी, श्री सिमेन्ट, अम्बे, एडभान्स सिमेन्ट छन् भने स्टार सिमेन्ट पहिले नै बन्द भइसकेको थियो।

श्री सिमेन्टका सञ्चालक तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालका अनुसार बैंकहरुको बढ्दो व्याज, पूर्वाधार विकासको कमी र निर्माण कार्यको भुक्तानी नगरिएका कारण समस्याहरु उत्पन्न भएका हुन्। सिमेन्टको माग घट्दै गएकाले पनि उद्योग बन्द भएको हो।

अहिले जगदम्बा, शालिमार, नारायणी र विश्वकर्मा सिमेन्टले मात्र उत्पादन जारी राखेका छन्। यी उद्योगहरुले न्यून परिमाणमा उत्पादन गरेका छन्। कोरिडोरका अन्य उद्योग कोरोना महामारीपछिको मन्दीका कारण समस्यामा परेका छन्।

बैंकको दबाब र कामदारको खर्च थेग्नका लागि पनि उद्योग चलाउनु पर्ने बाध्यता आएको छ। एक उद्योगीका अनुसार नाफा कमाउनभन्दा घाटा कम गर्न उद्योग चलाउनु परेको हो। लागतभन्दा कम मूल्यमा सिमेन्ट बेचेर उत्पादनलाई निरन्तरता दिन गाह्रो भएको छ। श्री सिमेन्टका सञ्चालक अनिल अग्रवालले आफ्नो उद्योग सधैंका लागि बन्द गर्ने निर्णय लिएका छन्।

बाहिरको ठूलो लगानी भित्रिएपछि क्लिंकर उद्योगसहितका ठूला उद्योगहरूसँग प्रतिस्पर्धा गर्न कठिन भएको छ। यो कोरिडोरका आधा दर्जन सिमेन्ट उद्योग बन्द भइसकेका छन्। लागतभन्दा कम मूल्यमा सिमेन्ट बेच्दा पनि प्रतिस्पर्धामा टिक्न नसक्ने अवस्था आएको छ।

करीब १० अर्ब रुपैयाँको लगानी डुबेको छ। नयाँ लगानीमा खुलेका उद्योगले लागतभन्दा सस्तोमा सिमेन्ट पु¥याउन थालेपछि ग्राण्डिड उद्योग समस्यामा परेको अनुभव बन्द भइसकेको इन्टरनेशनल सिमेन्टका सञ्चालकसमेत रहेका युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवालको छ ।

सरकारले स्वदेशी क्लिंकर उद्योगलाई प्रवर्द्धन गर्न क्लिंकर आयातमा उच्च दरको भन्सार महसुल तिराउने नीति लिएको छ। यसले गर्दा आयातित क्लिंकर प्रयोग गर्ने उद्योगहरु बन्द हुन थालेका छन्।

ठूला उद्योगहरुले क्लिंकरको मूल्य बढी राख्दा र सिमेन्ट सस्तोमा बेच्दा ग्राण्डिङ युनिटले बजारमा टिक्न नसक्ने अवस्था आएको छ।

कोरिडोरमा एक समय ११ वटा उद्योगले राम्रै उत्पादन गरेका थिए। नेपाललाई सिमेन्टमा आत्मनिर्भर बनाउन यी उद्योगहरुको योगदान थियो। तर, ती सबै उद्योग ग्राण्डिङ युनिट थिए। चिनियाँ लगानीमा खुलेका ठूला उद्योगहरुले सस्तोमा सिमेन्ट बेच्न थालेपछि यो क्षेत्रमा उद्योगहरुको दुर्दशा भएको अग्रवालको भनाइ छ ।

केही उद्योगीले भारततर्फ निकासी गरेर उत्पादन जोगाउने प्रयास गरे पनि सफल हुन सकेनन्। सरकारले निकासी बढाउन अनुदान दिने घोषणा गरेको थियो, तर भारतीय गुणस्तरका मापदण्डका कारण निकासी गर्न समस्या भएको हो। चीनियाँ लगानीमा सञ्चालित उद्योगबाट उत्पादित क्लिंकर प्रयोग गर्ने सिमेन्ट आयातमा अवरोध हुँदा पनि निकासी गर्न नसकिएको उद्योगी बताउँछन्

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button