No Image Headlineखेल संसार

विश्वकप क्रिकेट: नेपाली खेलाडीसँग विवाद गर्ने बंगलादेशी खेलाडी दण्डित

आईसीसी टी २० विश्वकप अन्तर्गत अमेरिका र वेस्ट इन्डिजमा जारी प्रतियोगितामा नेपाल र बंगलादेशबीचको खेलमा विवाद गरेका बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले कारबाही गरेको छ।

Patanjali Nepal
Sweet Mart Food

आइतबारको खेलमा खेल आचारसंहिता उल्लंघन गरेको भन्दै तान्जिमलाई म्याच फिको १५ प्रतिशत जरिवाना गरिएको हो। नेपालले बंगलादेशले दिएको लक्ष्य पछ्याउने क्रममा तेस्रो ओभरमा यो घटना भएको थियो।

नेपाली कप्तान रोहित पौडेलसँग अनावश्यक विवाद गरेका तान्जिमले आईसीसीको आचारसंहिताको नियम २.१२ उल्लंघन गरेको पाइएको छ। यो नियम खेलाडी, उनीहरूका सहयोगी, अम्पायर, म्याच रेफ्री वा अन्य कुनै व्यक्तिसँग खेलको दौरान अस्वाभाविक शारीरिक सम्पर्कसँग सम्बन्धित छ।

आईसीसीका मैदानमा रहेका अम्पायर अहसन राजा, साम नोगाज्स्की, तेस्रो अम्पायर जयरामन मदनगोपाल र चौथो अम्पायर कुमार धर्मसेनाले तान्जिमलाई कारबाही गर्ने निर्णय गरेका थिए। तान्जिमले आफ्नो गल्ती स्वीकार गरेका छन् र आईसीसीको कारबाहीलाई पनि स्वीकारेका छन्।

यस घटनामा अम्पायर रिची रिचार्डसनले तान्जिमविरुद्ध कारबाहीको सिफारिस गरेका थिए। उक्त खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button