सुवेदीलाई एकै पटक दुई विश्वविद्यालयको मानार्थ विद्यावारिधी

नेपाल उद्योग वाणिज्य महासंघ मधेश कृषि समितिका अध्यक्ष युवराज सुवेदीलाई २ ओटा अन्तर्राष्ट्रिय विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको छ । सुवेदी विगत लामो समयदेखि उद्यम व्यवस्थापन र साहित्य लेखनका क्षेत्रमा क्रियाशील छन् ।



सुवेदीलाई दुई ओटा ख्यातिप्राप्त विश्वविद्यालयले एकै पटक सो मानार्थ पदवी दिएका हुन् । काठमाडौंमा आयोजित कार्यक्रमबीच सुवेदीले मानार्थ विद्यावारिधी ग्रहण गरेका छन् ।



दक्षिण एसियामा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको हो । अमेरिकाको मेरिल्याण्ड स्टेट युनिभर्सिटीले सुवेदीलाई पब्लिक रिलेशनसिप मेनेजमेन्टमा मानार्थ विद्यावारिधीको उपाधि दिएको हो ।



त्यसैगरी हेसन इन्टरनेशनल युनिभर्सिटीले पनि सुवेदीलाई सो मानार्थ पद्वी प्रदान गरेको छ । दक्षिण एसियाका एक दर्जन व्यक्तित्वलाई यस्तो पदवी प्रदान गरिएकोमा एकै पटक २ ओटा विश्वविद्यालयबाट विद्यावारिधी पाउनेमा सुवेदीमात्र हुन् ।