अर्थ

फार्मेसीमा न्युट्रास्युटिकल्स नबेच्न आह्वान, न्युट्रास्युटिकल औषधि हो भन्ने भ्रम छरिँदै !

नेपाल फर्मास्यूटिकल एशोसिएसनले औषधिका फार्मेसीबाट न्युट्रास्युटिकल्स नबेच्न आह्वान गरेको छ। न्युट्रास्युटिकल औषधि नरहेको बताउँदै एशोसिएसनले सम्पूर्ण फार्मासिस्ट तथा असिस्टेन्ट फार्मासिस्टहरुलाई उक्त वस्तुहरू आफ्नो फार्मेसीहरुबाट बिक्री वितरण नगर्न नगराउन आह्वान गरेको छ ।

Patanjali Nepal
Sweet Mart Food

नेपालको बजारमा औषधि जस्तै बनावटमा फार्मेसीमै न्युट्रास्युटिकल्स नामको उत्पादनहरुको बिक्रि वितरण भइरहेको प्रति एशोसिएसनको ध्यानाकर्षण भएको जनाएको छ। सो किसिमको उत्पादन पोषण, न्युट्रीशन र फर्मास्युटिकलबाट न्युट्रास्युटिकल भन्ने र औषधि नै हो भनि प्रयोगकर्तालाई भ्रममा पार्ने गरिएको छ ।

स्वास्थ्यमा कुनै पनि प्रविधि, बिधि उपयोग गर्न बैज्ञानिक प्रमाणमा आधारित अभ्यास हुन जरुरी छ । तर खाद्यको रूपमा दर्ता गरि औषधि जस्तो प्रस्तुत गरिने न्युट्रास्युटिकलहरु स्वास्थ्य सुधारमा औषधि भनि प्रयोग गर्न अनुपयुक्त रहेको एसोसिएसनको दाबी छ ।

अध्यक्ष ललित मोहन पन्त र महासचिव सञ्जीव शर्मा कट्टेलले विज्ञप्ति जारी गरेको विज्ञप्तिमा निम्न ९ कारणहरुले गर्दा न्युट्रास्युटिकलहरु स्वास्थ्य सुधारमा औषधि भनि प्रयोग गर्न अनुपयुक्त रहेको दाबी गरिएको छ ।

• औषधिजस्तो क्लिनिकल परिक्षण नगरीने हुनाले न्युट्रास्युटिकलहरु को बायोअभाइबिलिटी (अर्थात सेवन पछि शरीरमा कुन ठाउँमा र कति मात्रामा पुग्ने) को केहि ज्ञान नहुने र सोको दिर्घ प्रयोग असर हरुको बारेमा थाहा नहुने भएकाले,

•    औषधिऐनको नियमन नहुने हुनालेसुरक्षित, असर्युक्त र गुणस्तरीयता प्रमाणित गर्न नपर्ने,

•    उत्पादक पिच्छे मनलाग्दी सम्मिश्रण राख्ने हुनाले न्युट्रास्युटिकलहरुमा दाबी अनुसारको बैज्ञानिक आधार नहुने भएकाले,

•    औषधिको हकमा बैज्ञानिक आयोगहरुले तयार गरेको परिक्षण विधिको ग्रन्थ अनुसार परिक्षण गर्न सकिने तर न्युट्रास्युटिकलहरुको बैज्ञानिक रूपले विश्वसनीय परिक्षण बिधि नभएकाले,

•    औषधिमा निकैकम मात्रामा रहेका अशुद्ध रसायन देखिदा समेत विश्वव्यापी फिर्ता गर्ने सम्म व्यवस्था रहेको तर न्युट्रास्युटिकलहरुमासो व्यवस्था नरहने,

•    औषधि र औषधि प्रयोग गर्दा एक आपसमा अन्तरक्रिया गरी असर घटाउने वा बढाउने (असरहीन वा विषाक्त) हुने बिश्वब्यापी तथ्यांक रहेको हुनाले प्रयोग र उपचार बिधि थाहा भएको तर न्युट्रास्युटिकलहरुले औषधि संगै प्रयोगमाकसरीअसर गर्छ केहि बैज्ञानिक तथ्यांक नभएको,

•    औषधि व्यवस्था विभागमाऔषधिको रुपमा दर्ता रहेको आईरन, मल्टीभिटामिन आदि भन्दा न्युट्रास्युटिकलको रूपमा आउंदा कयौं गुनाबढी मूल्य भएर बजारमा बिक्रि वितरणमा छन्,

•    औषधिहरुले भ्रमात्मक प्रचार गर्न नपाईने र बिज्ञापन गर्न स्वीकृति लिन प्राबधान हुदा न्युट्रास्युटिकलहरुको मनगडन्ते बिज्ञापन गर्दै, हुँदै नभएको स्वास्थ्य लाभ र फाईदाहरु पेश गरी जनता ठग्ने र स्वास्थ्यमा जोखिम हुन सक्ने देखिन्छ,

•    औषधि जस्तो न्युट्रास्युटिकलहरु बृद्ध, दिर्घ रोगि, गर्भवती, बच्चामा प्रयोग गर्न मिल्ने नमिल्ने र कसरी गर्ने केहि पनि तथ्यांक उपलब्ध छैन।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button