कला/साहित्य

‘लण्डन टु पेरिस’ ले फिल्म रिलिजपछि ल्यायो ‘हतारले’ गीत

फिल्म ‘लण्डन टु पेरिस’ को ‘हतारले’ बोलको गीत सार्वजनिक गरिएको छ।

Patanjali Nepal
Sweet Mart Food

फिल्म रिलिजको चार दिनपछि सार्वजनिक गीतको भिडिओमा निश्चल खड्का, गरिमा शर्मा, कबिर खड्का र रुष्मा थापालाई प्रस्तुत गरिएको छ। यो गीतमा सलिन मगरको शब्द, संगीत र स्वर छ।

घनश्याम लामिछानेको निर्देशन रहेको यो फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको समेत शीर्ष अभिनय छ।

सामान्यतया फिल्मको गीत फिल्म रिलिजभन्दा अगाडि सार्वजनिक गरिन्छ। त्यसले फिल्मका प्रचार प्रसारमा भूमिका खेल्ने विश्वास हुन्छ। ‘लण्डन टु पेरिस’ ले भने कथा खुल्ने भएकाले फिल्म रिलिजपछि मात्रै यो गीत सार्वजनिक गरेको हो। यो फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा आएको हो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button