No Image Headlineखेल संसार

विश्वकप क्रिकेट : दबाबमा नेपाली टोली, कहिले कोसँग भिड्दैछ ?

Patanjali Nepal
Sweet Mart Food

ड्यालस र फ्लोरिडाको मौसममा खासै फरक छैन। छिनमा पानी पर्छ फेरी छिनमै घमाइलो मौसम बनिहाल्छ। अहिले टी २० विश्वकपको सह आयोजक राष्ट्र संयुक्त राज्य अमेरिकाको तीन सहरमा प्रतियोगिताको लिग चरणको खेल भइरहेकोमा फ्लोरिडा पनि एक हो।

अमेरिकामा क्रिकेटको क्रेज खासै नभएको कारण यहाँको वातावरणमा त्यो चहलपहल देखिएको छैन, जुन विश्वकप जस्तो क्रिकेटको ठूला आयोजनाका बेला बेलामा आयोजक सहरहरूमा देखिने गर्थ्यो।

फ्लोरिडामा पनि क्रिकेटको माहौल खासै तातेको देखिदैँन। अझ क्रिकेटप्रेमी नेपाली समर्थकहरू नेपालको दोस्रो खेल हेर्न पनि ठूलै सङ्ख्यामा उपस्थित हुनसक्ने ठानिएको छ।

सहआयोजक अमेरिकाले आफ्नो दोस्रो खेलमा पाकिस्तान जस्तो विश्वकपको दाबेदार मध्ये एक मानिएको पाकिस्तानलाई पराजित गरेकोले अब विश्वकपमा आकर्षण बढ्ने ठानिएको छ।

नेपाली क्रिकेट टोली भने ड्यालसमा खेल सकिएको भोलीखेर जुन ५ मै टोली फ्लोरिडा आएर अभ्यास थालिसकेको छ। शुक्रवार साँझ नेपाली टोलीको फ्लोरिडा क्रिकेट मैदानमा अभ्यास गर्ने कार्यक्रम थियो। तर अचानक वर्षा भएपछि टोलीको प्रशिक्षण बिथोलियो। त्यसले खेलाडीहरूको प्रशिक्षणमा वाधा पुग्यो।

नेपाली टोलीका मेनेजर दिवाकर घलेले भने, ड्यालसमा जस्तो यहाँ इन्डोर अभ्यास गर्ने ठाउँहरू पनि छैन रहेनछ। यद्यपि टोलीको प्रशिक्षण भने निरन्तर भइरहेको उनले बताए।

नेदरल्यान्ड्स विरुद्धको पहिलो खेलको पराजयपछि जितको खोजीमा रहेको टोली टी २० विश्वकपमा केही उलटफेर नतिजा निकाल्ने योजनामा छ। नेदरल्यान्ड्ससँग नेपालको हारको लेखाजोखा, राष्ट्रिय टोलीको अबको लक्ष्य केरु

लाउडर हिलमा रहेको सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियम नयाँ रङ्गशाला हो। सन् २००७ मा निर्माण गरिएको यो रङ्गशाला अमेरिकाको दोस्रो ठूलो क्रिकेट रङ्गशाला हो। यद्यपि २० हजार क्षमताको यो रङ्गशाला विश्वकपका लागि पुन तयार गरिएको थियो।

एक हप्ता अगाडि फ्लोरिडामा आएको हावाहुरीको कारण रङ्गशालामा क्षति पुगेपछि तीन दिन अगाडि मात्र क्षति पुगेको रङ्गशाला बनाइएको थियो। नेपाल र श्रीलङ्काबीच हुने विश्वकपको खेल नै यहाँ हुने पहिलो खेल हो। जसका कारण पिचको व्यवहार बारे अनुमान गर्न सक्ने अवस्था छैन।

फ्रेस पिचमा पिचको व्यवहार कस्तो हुने हो अनुमान गर्न गाह्रो हुने गर्छ। त्यसै पनि अमेरिकाको पिचको अन्तर्राष्ट्रिय रूपमै आलोचना भइरहेको छ। न्यूयोर्कको रङ्गशालाको पिच अत्यन्त खराब देखिएको छ। जसको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नै ध्यानाकर्षण गरिसकेको छ।

न्यु योर्कमा श्रीलङ्काको टोली ७७ रनमा नै आउट हुन पुगेको थियो। श्रीलङ्काले ड्यालशमा भएको आफ्नो दोस्रो खेलमा बाङ्ग्लादेशसँग २ विकेटको हार बेहोर्‍यो। हालसम्म अङ्कविहीन रहेको पूर्व विश्वकप विजेता सो टोलीका लागि नेपालसँगको खेलमा उसको प्रतिष्ठा दाउमा हुनेछ।

त्यही दश वर्षपछि टी २० विश्वकप क्रिकेट खेलिरहेको नेपाल बलिया राष्ट्रहरूलाई टक्कर दिएर विश्व क्रिकेटमा आफ्नो छाप छाड्ने प्रयासमा हुनेछ। अनुभवी टेस्ट राष्ट्रसँग खेल्दा नौलो पिच नेपाली खेलाडीहरूको लागि फाइदा हुन सक्ने कतिपयको अनुमान छ।

पछिल्ला दिनमा एसोसियट राष्ट्रले देखाएको कुशल प्रदर्शनपछि धेरै क्रिकेट विज्ञहरूको ध्यान अमेरिकामा केन्द्रित भइरहेको छ। अमेरिकाले दाबेदार मानिएको पाकिस्तानलाई पहिलो खेलमा नै पराजित गर्‍यो। अन्तर्राष्ट्रिय क्रिकेटमा यो नतिजाले मनग्ये चर्चा पाइरहेको भोली पल्टनै क्यानडाले आयरल्यान्ड्सलाई पराजित गर्‍यो।

अमेरिका र क्यानडा पछि नेपाल एसोसियटको यस्तो राष्ट्र हो, जसबाट अन्तर्राष्ट्रिय क्रिकेटले फरक नतिजाको आशा गरेको देखिन्छ। टिम मेनेजर दिवाकर घलेले थपे, अहिले जस्तो नतिजा निस्किन थालेको छ, त्यो एसोसियट राष्ट्रहरुको लागि खुसीको कुरा हो। विश्वकपमा एसोसियटको सङ्ख्या थप्ने निर्णय सही हो भन्ने यसले देखाएको छ।

उनले नेपाली खेलाडीहरूमा यसले सकारात्मक ऊर्जा थपेको बताउँदै भने, पहिलो खेलको हारले टोलीको मनोबलमा केही असर परेको छैन। बरु अहिले एसोसियट राष्ट्रले ल्याइरहेको नतिजाले खेलाडीहरूमा ऊर्जा थपिएको मैले पाएँ।

सिनियर राष्ट्रिय टोलीले श्रीलङ्कासँग खेल्न लागेको यो पहिलो पटक हो। यु १९ राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पृथु वास्कोटा नेपालले पनि विश्वकपमा उलटफेर नतिजा ल्याउने ल्याकत राख्ने बताउँछन्।

ड्यालसमा मैदानमा पुगेर खेल हेरेका उनले भने, नेपाललाई अब खेल्ने बाँकी ३ टेस्ट राष्ट्रसँग खेल्न कुनै दबाब रहनेछैन। स्वतन्त्र भएर खेलेमा खेलाडीहरूले राम्रो नतिजा दिने मलाई विश्वास छ। उनको सुझाव छ, नहतारिईकन पिचको स्वभाव बुझेर खेल्न सके हाम्रा खेलाडीहरू अरू कोही भन्दा कम हुने छैन।

कहिले कुन टोलीसँग खेल्दैछ ?

जुन १ बाट सुरु हुने विश्वकपमा नेपालले जुन ४ मा पहिलो खेल द नेदरल्यान्ड्ससँग ड्यालशमा खेलेको थियो। नेपालले दोस्रो खेल श्रीलङ्कासँग फ्लोरिडामा जुन १२ मा खेल्दैछ। त्यहाँबाट टोली वेस्ट इन्डिज लाग्नेछ। वेस्ट इन्डिजमा जुन १५ मा दक्षिण अफ्रिकासँग र जुन १७ मा बाङ्ग्लादेशसँग लिगको अन्तिम खेल खेल्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button