No Image Headlineदेश

जसपा नेपालको अध्यक्षमा पुनः दोहोरिँदै उपेन्द्र यादव

Patanjali Nepal
Sweet Mart Food

जनता समाजवादी पार्टी जसपा नेपालको आजदेखि जनकपुरमा राष्ट्रिय महाधिवेशन गरिरहको छ ।

महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्ने जसपाले जनाएको छ । महाधिवेशनका लागि जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा अधिवेशन स्थल निर्माण गरिएको छ ।

महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न मुलुकका प्रतिनिधि, राजनीतिक दलका नेतालाई निम्तो गरिएको छ । अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी जसपालाई भने नबोलाइएको नेता मनिष सुमनले बताए ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ ।

महाधिवेशनले अध्यक्षबाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष एक गरि २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्ने सुमनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button