No Image Headlineअर्थ

उद्योगी भन्छन्-बिजुली छैन, प्राधिकरणको दाबी-उद्योगले बिजुली नपाएको अवस्था छैन

Patanjali Nepal
Sweet Mart Food

तराईका औद्योगिक करिडोर अन्तर्गतका उद्योगहरूले १२ घण्टाभन्दा बढी लोडसेडिङ मार खेप्नु परेको छ । पिकआवर मा बिजुली जाने ट्रिपिङको समस्या छ भने रातको समयमा १२ घण्टाभन्दा बढी समयसम्म विद्युत कटौती लोडसेडिङ हुने गरेको हो । प्राधिकरणका कर्मचारीले पिकआवरमा यति समय उद्योग नचलाइदेऊ भनेर जानकारी दिने गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले ४०० मेगावाट बिजुली भारत निर्यात सुरु गरेको बताए पनि स्वदेशी उद्योगहरूले भने लोडसेडिङको मार खेप्नुपरेको हो । प्राधिकरणका अधिकारीहरूले भने केही दिन अघि वीरगञ्‍ज र बिराटनगमा वर्षा सहितको हावाहुरीले बिजुलीका पोल ढल्दा उद्योगहरूमा विद्युत आपूर्ति बन्द गर्नुपरेको बताउने गरेका छन्‌ ।

वीरगञ्‍ज लगायत पूर्वी खण्डका उद्योगमा रातको समयमा १२ घण्टा लोडसेडिङ र बारम्बार विद्युत ट्रिपिङ हुने गरेको छ। केही दिनअघि ठूला हुरी बतासले बिजुलीका पोल ढाल्दा त्यस क्षेत्रका उद्योगमा विद्युत् आपूर्ति अवरोध भइरहेको छ । ढलेका पोल र अन्य मर्मत सुधार गरेर वीरगञ्‍ज क्षेत्रका उद्योगमा शनिबारदेखि मात्र बिजुली जोडिएको छ ।

गुणस्तरीय बिजुली नपाएकाले नयाँ उद्योग स्थापना हुने वातावरण नबनेको उद्योगीको भनाइ छ । त्यस्तै, बुटवल र भैरहवा क्षेत्रका उद्योगले पनि गुणस्तरीय बिजुली पाउन सकेका छैनन् । त्यस क्षेत्रका उद्योग पनि ३५ प्रतिशतको क्षमतामा चलेको व्यवसायीले बताएका छन् । भैरहवालगायतका क्षेत्रका १२ वटा उद्योगमध्ये ६/७ वटा बन्द भइसकेका छन् ।

बिजुली बढी खपत गर्ने फलाम तथा आइरन उद्योग पनि बन्द भएका छन् । बिजुली पाइरहेका उद्योगमा पनि ट्रिपिङको समस्या उस्तै छ । दिनमा धेरैपटक बिजुली जाने आउने गरेको छ । कहिलेकाँही दैनिक १५ देखि २० पटकसम्म बिजुली जाने गरेको उनको भनाइ छ ।

सरकारबाट नै औद्योगिक वातावरण नबन्दा सञ्‍चालनमा रहेका उद्योग पनि धराशायीउ रहेको उद्यमीको भनाइ छ । नयाँ उद्योग खोल्ने त परको कुरा, चलिरहेका उद्योगले पनि सञ्चालन खर्च उठाउन नसकेको उनीहरुबताउँछन्‌ ।

उद्योग पूर्ण क्षमतामा सञ्चालनमा नआउँदा माग अनुसारको उत्पादन समेत हुन नसकेको व्यवसायीको भनाइ छ । खाद्य उद्योगहरू पनि ४०/४५ प्रतिशत क्षमतामा चलिरहेको उद्योगीहरू बताउँछन् । छड र सिमेन्ट उद्योगहरू एक महिना चल्ने एक महिना बन्द हुने गरेको उनीहरूले दाबी गरे ।

भैरहवा र बुटवलक्षेत्रमा ठूला तथा साना गरी ३०० भन्दा बढी उद्योग सञ्चालनमा छन् । उद्योग क्षेत्रमा चाहिने बिजुली जतिबेला पनि दिन सकिने अवस्था रहेको दाबी नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष गर्दछन् । उद्योगले बिजुली नपाएको अवस्था छैन, बरु कहिलेकाँही प्रणालीमा देखिएको समस्या र हावा हुरीलगायतका कारण विद्युत अवरुद्ध हुनु स्वाभाविक हो, घोषले भने, बिजुलीको गुणस्तर सुधार्न नयाँ प्रसारणलाइन निर्माण र पुराना प्रसारण प्रणालीको सुदृढीकरण गरिरहेका छौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button