कला/साहित्य

‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना बराइली

Patanjali Nepal
Sweet Mart Food

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् ।  निर्माण पक्षले फिल्मका लागि मुख्य भूमिकामा यसअघि गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित गराएको थियो । यस्तै विनोद न्यौपाने, कलाकार भोलाराज सापकोटा र देशभक्त खनाललाई निर्माण पक्षले अनुबन्धित गराएको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा कलाकारहरूको लाइनअप पूर्णहुने क्रममा छ । निर्माता विनोद पौडेलका अनुसार जेठ २१ गतेबाट छायांकनमा जाने तयारीमा छ ।

सरोज पौडेलको लेखन तथा निर्देशक रहने चलचित्रले मौलिक कथा उठान गर्नेछ । चलचित्र आउँदो वर्ष रिलिज हुनेछ ।

चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button