अन्तराष्ट्रिय

राष्ट्रसंघीय सुरक्षा परिषद्ले बोलायो आपतकालीन बैठक

Patanjali Nepal
Sweet Mart Food

गाजाको राफाहमा इजरायली हवाई हमलाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपतकालीन बैठक बोलाएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणलाई ‘दुःखद दुर्घटना’ भनेका छन् तर अन्तर्राष्ट्रिय समुदायबाट विरोध बढिरहेको छ।

अल्जेरियाले सुरक्षा परिषद्को बैठक बोलाएको छ । यसअघि राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेसले पनि राफाहमा भएको आक्रमणको निन्दा गरेका थिए । उनले यहाँको अवस्था भयावह रहेको भन्दै यसलाई रोक्नु पर्ने बताए । उनले गाजामा कुनै पनि ठाउँ सुरक्षित नभएको बताए ।

आइतवार, इजरायलले रफाहमा रहेको शरणार्थी शिविरमा आक्रमण गर्दा कम्तिमा ४५ जनाको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button