खेल संसार
बेङ्लोर आइपीएलबाट बाहिरियो, राजस्थान रोयल्ससँग ४ विकेटले पराजित

इन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेन्जर्स बेङलोर प्रतियोगिताबाटै बाहिरिएको छ । गएराती भएको इलिमिनेटर खेलमा राजस्थान रोयल्ससँग ४ विकेटले पराजित हुदै बेङलोर यो सिजनको खेलबाट बाहिरिएको हो ।



बेङलोरले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेटायो ।



राजस्थानले अब क्वालिफायर १ को पराजित टोली सनराईजर्स हैदराबाद विरुद्ध फाइनल प्रवेशका लागि भोलि खेल्नेछ । हैदराबादलाई हराउँदै कोलकत्ता नाइट राइडर्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।


