खेल संसार

बायर लेभरकुजेनको फराकिलो जित

जर्मन बुन्डेसलिगा फुटबलमा बायर लेभरकुजेनले फराकिलो जित निकालेको छ ।

गएराति भएको खेलमा बोचुमलाई ५–० गोलले हराउँदै उपाधि रक्षा गरिसकेको लेभरकुजेनले आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

लेभरकुजेनका लागि प्याट्रिक सेक, भिक्टर बोनिफेस, ज्यामिन आद्ली, जोसेफ स्टानिसिक र एलेक्स ग्रिमाल्डोले एक–एक गोल गरेका थिए ।

यो जितसँगै लेभरकुजेन ३३ खेलबाट ८७ अंकका साथ शीर्षस्थानमा रहेको छ । पराजित भएको बोचुम ३३ अंकसहित १४औँ स्थानमा छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button