No Image Headlineखबर फटाफटदेश

सत्ताका आरोहअवरोह: उपेन्द्र आउट, प्रदीप इन

Patanjali Nepal
Sweet Mart Food

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयबाट राजीनामा दिएका छन् । 

सो पछि फुटेको अशोक राईको जसपाबाट प्रदीप यादवलाई स्वास्थ्य मन्त्रालयमा  पठाउने तयारी भएको छ । जसपाका नेताका अनुसार यादवको शपथ आजै हुने सम्भावना पनि छ । 

यता अध्यक्ष राईले  भने, ‘प्रधानमन्त्री ज्यूले तयारी गर्नु भन्नु भएको छ । तर शपथ आज या भोलि हुन्छ निधो छैन ।’

तत्काल सरकारलाई सन्तुलनमा ल्याउन यादवलाई स्वास्थ्य मन्त्रालयमा पठाइएको हो । पछि पुन: सरकारको सन्तुलन मिलाउन  पनि सकिने बताइएको छ ।

अशोक राई समूहले बैखाख १३ गते जसपा विभाजन गरेको थियो । प्रतिनिधि सभामा जसपाबाट उपस्थित १२ सांसद मध्ये अशोकको पक्षमा ७ र यादवको पक्षमा ५ जना सांसद खुलेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button