No Image Headlineअर्थविशेष

मारुती पेपर एण्ड केमिकलको ट्रिटमेन्ट प्लान्ट : सिर्सिया नदी प्रदूषण नियन्त्रणमा अनुकरणीय काम

Patanjali Nepal
Sweet Mart Food

वीरगञ्जको मारुती पेपर एण्ड केमिकल इण्डष्ट्रीले आफ्नो उद्योगमा जडान गरेको पानी प्रशोधनको विधि बारा–पर्सा औद्योगिक कोरिडोरकै लागि उदाहरणीय बनेको छ । क्राफ्ट पेपर उत्पादन गर्दै आएको सो उद्योगले उद्योग परिसरमा सञ्चालनमा ल्याएको क्राफ्टा सिस्टम र इटीपीबाट उद्योगले पानीको पुनर्प्रयोगमात्र गरेको छैन, उद्योगबाट फोहोर पानी निकास गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

कोरिडोरका उद्योगहरूले सिर्सिया नदीमा प्रदूषित पानी मिसाएको भन्दै नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले अनुगमन तीव्र पारेको छ । अनुगमनका क्रममा सो उद्योगले ट्रिटमेन्ट प्लान्टमार्फत पानीको उचित व्यवस्थापन गरेको पाइएको हो ।

पुराना कार्टोन प्रशोधन गरी क्राफ्ट पेपर बनाउने सो उद्योगलाई सञ्चालन गर्न पर्याप्त पानीको खाँचो पर्ने भएपछि पानी पुनर्प्रयोगको प्रणाली सञ्चालनमा ल्याइएको उद्योगका सञ्चालक दीपेश अग्रवालले बताए । ‘हामीले उद्योगमा प्रयोग गरेको पानी बाहिर बगाउँदैनांै । उद्योगकै लागि पानी चाहिने भएकाले एक पटक प्रयोग भएको पानीलाई पटकपटक प्रयोग गर्ने उपकरण जडान गरिएको छ,’ अग्रवालले भने ।

यो प्रणाली सिर्सिया प्रदूषण नियन्त्रणका लागि अनुकरणीय बनेको छ । अग्रवालका अनुसार उद्योगका जडान गरिएको प्रविधिबाट पानीमा मिसिएको कागजको रेशासमेत उपयोग हुने र पानी पुनः प्रयोग हुने भएपछि यसबाट उद्योगको रिकभरी पनि बढ्न जान्छ । ‘एक त हामीले पानीमा कुनै प्रकारको रसायन मिसाउँदैनौं । त्यसमाथि सबै पानी पुनःप्रयोग हुने भएपछि नदीमा पानी बगाउनुपर्ने अवस्था नै छैन,’ उनले अनुगमन टोलीसँग भनेका छन् ।

महानगरले सञ्चारकर्मीसहितको प्राविधिक टोलीबाट कोरिडोरका उद्योगहरूको अनुगमन गरेको थियो । महानगरले शुरू गरेको सिर्सिया प्रदूषण नियन्त्रण अभियानको प्रशंशा गर्दै सञ्चालक अग्रवालले भने, यसमा मेयर साहब (राजेशमान सिंह)को प्रयास प्रशंसनीय छ । यो कार्यमा उद्योगीमात्र होइन, तहगत सरकारहरुले पनि सहयोग गर्नु पर्दछ ।’

कोरिडोरका अधिकांश उद्योगले उद्योगबाट निस्किने रसायन मिसिएको हानीकारक पानी सोझै सिर्सिया नदीमा फाल्ने गरेका छन् । जसका कारण यो नदी दिनप्रतिदिन प्रदूषणको शिकार बन्दै गएको छ । महानगरले सिर्सियाको प्रदुषण नियन्त्रणको अभियान चलाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button