स्वास्थ्य/जिवनशैली

यस्ता छन् चुकन्दर खानुका फाईदा

Thrill Factory
Rungta Group

चुकन्दर  स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा धेरै मात्रामा रेसा (फाइबर), फ्लेभेनाइडस र भेटासायनिन हुन्छ ।  भेटासायनिनले एलडीएल कोलेस्ट्रोलको अक्सिडेसन कम गर्न सघाउँछ र हृदयाघातको जोखिम हुन दिँदैन । सबै उमेर समूहका लागि चुकन्दर उत्तिकै फाइदाजनक मानिन्छ ।

चुकन्दरमा धेरै मात्रामा भोरान नामक रसायन पाइन्छ, जुन मानिसको यौन हार्मोन निर्माणमा सहयोगी हुन्छ । चुकन्दर खाँदा यसमा भएको नाइट्राइटस नाइट्रिक अक्साइडमा परिवर्तित हुन्छ । यी दुवै तत्त्वले धमनीलाई फराकिलो पार्न र रक्तचाप कम गर्न सघाउँछ ।

चुकन्दरलाई प्राकृतिक भियाग्रासमेत भनिन्छ । साथै गर्मी मौसममा देखा पर्ने छालासम्बन्धी थुप्रै समस्यामा छालालाई कोमल बनाउन समेत यसले फाइदा पुर्‍याउँछ ।  शरीरमा हेमोग्लोबिनको कमी छ भने पनि यसको सेवन गर्नाले फाइदा  पुर्‍याउने चिकित्सकहरू बताउँछन् ।

 चुकन्दर खाँदाका फाइदाहरू
– हर्मोन उत्पादनमा सहयोग पुर्‍याउँछ ।
– चुकन्दरमा पाइने नाइट्रेटले रक्तसञ्चारलाई सहयोग गर्नुका साथै मस्तिष्कलाई फ्रेस बनाउँछ ।
– यसमा पाइने भरपुर मात्राको आइरनले एनिमिया र डिमेन्सियाको जोखिम कम गर्छ ।
– शरीरमा अक्सिजनको वृद्धि भई मस्तिष्कले राम्ररी काम गर्न सहयोग पुर्‍याउँछ ।
– चुकन्दरले अल्जाईमर हुनबाट बचाउँछ ।
– चुकन्दरको जुस सेवन गर्नाले कलेजो र पेट सफा हुन्छ ।
– चुकन्दर खाँदा रक्तचाप नियन्त्रण हुन्छ ।
– हृदयघातको जोखिमबाट बचाउँछ ।
– चुकन्दरमा कुनै प्रकारको क्यालोरी हुँदैन । जसले शरीरको तौल सन्तुलन गर्न मद्दत गर्छ ।
– शरीरमा रगतको कमी हुन दिँदैन ।
– रक्त अल्पता हुनबाट बचाउँछ।
– गर्भवती महिलाको लागि फाइदाजनक मानिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button