No Image Headlineदेशमुख्य खबरविशेष

नेपालीको जनसंख्यामा तीव्र असन्तुलन, उच्च जीवनस्तर बिताउने अधिकांश शहरी क्षेत्रमा

Thrill Factory
Rungta Group

नेपाली घर परिवारको सम्पन्नताबारे यसै साता सार्वजनिक एक सरकारी जनसाङ्ख्यिक प्रतिवेदनले देशमा जनसङ्ख्याको उच्च असन्तुलन देखाएको अधिकारीहरूले बताएका छन्।

दैनिक रूपमा राम्रोसँग भौतिक सेवा सुविधा उपभोग गर्दै उच्च जीवनस्तर हुनेहरू सबैभन्दा धेरै बागमती प्रदेशमा र त्यसपछि गण्डकी प्रदेशमा पाइएका छन्। जनगणनाको एक पूरक प्रतिवेदन पपुलेसन कम्पोजिसन अफ नेपालमा सबैभन्दा कम त्यस्तो जीवनस्तर हुनेहरू कर्णाली प्रदेशमा पाइएका छन् भने सुदूरपश्चिम र मधेस प्रदेशको अवस्था पनि कमजोर देखिन्छ।

काठमाडौं, पोखराजस्ता ठूला सहरमा र तराईमा मानिसहरूको बसोबास उच्च छ। कर्णाली, सुदूरपश्चिम लगायतका क्षेत्र र हिमाली भेगमा जनघनत्व कम छ, जनसङ्ख्याको आकार पनि कम छ र स्वाभावैले त्यहाँ सेवा सुविधाको उपलब्धता पनि कम छ, राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता हेमराज रेग्मी भन्छन् ।

देशका सबै भूभागमा सन्तुलित विकास गर्ने हो भने केही भूभागमा अझै विकास पुगेको रहेनछ भन्ने यस विवरणले देखाउँछ, रेग्मी भन्छन, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा सेवा सुविधामाथिको पहुँच राष्ट्रिय औसतभन्दा निकै कम छ। जनगणना २०७८ को विवरण सङ्कलन गर्दा नै प्रत्येक घरपरिवारमा सेवा सुविधामाथिको पहुँचबारे १७ वटा विषयवस्तुसँग सम्बन्धित विवरण लिइएको थियो।

जसले घरपरिवारलाई सेवा सुविधाको पहुँचका आधारमा पाँच भागमा विभाजित गर्दै माथिल्लो २० प्रतिशत घरपरिवारलाई उच्च वर्ग अथवा सम्पन्न वर्गका रूपमा राखिएको हो। उक्त विवरण सङ्कलनका लागि राष्ट्रिय जनगणनामा रेडियो, टेलिभिजन, मोबाइल, गाडी, मोटरसाइकल, साइकल, बिजुली पानी, खाना पकाउने चुलो, आधुनिक शौचालय, इन्धनको स्रोत, इन्टरनेट जस्ता झन्डै डेढ दर्जन सेवा सुविधाका आधारमा देशका सबै परिवारलाई पाँच खण्डमा विभाजित गरिएको थियो।

ती सेवा सुविधामाथिको ८० देखि १०० प्रतिशत पहुँच भएको जनसङ्ख्यालाई उच्च वर्ग भनिएको छ भने न्यून वर्ग भनेर २० प्रतिशत मुनिकालाई राखिएको छ। यद्यपि यसले धनी, गरिब वा गरिब भएनभएको परिभाषा दिँदैन। सेवा सुविधा नपुगेको तल्लो वर्ग र सेवा सुविधा पुगेको माथिल्लो वर्ग भन्न सकिन्छ, कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारीसमेत रहेका हेमराज रेग्मीले भने।

त्यस पक्ष जीवनस्तर सर्वेक्षणले समेटेको हुन्छ जसमा उपभोगदेखि शिक्षा स्वास्थ्य लगायतका कुराहरू समेत समेटिएका हुन्छन्। देशभरका सबैभन्दा उच्च जीवनस्तर भएका वर्गका परिवारको समूहलाई शतप्रतिशत मानेर हेर्दा बागमती प्रदेशमा ३८ प्रतिशत पाइएका छन्।

त्यसपछि क्रमशः गण्डकीमा २५.६ प्रतिशत, कोशीमा १७.६ प्रतिशत, लुम्बिनीमा १७ प्रतिशत, मधेसमा ८.६ प्रतिशत, सुदूरपश्चिममा ८.४ प्रतिशत र कर्णालीमा ४.२ प्रतिशत छन्। भौगोलिक क्षेत्रका हिसाबले भने त्यस्ता घरपरिवार पहाडी भेगमा २३.७ प्रतिशत, तराईमा १८.८ प्रतिशत र हिमालमा २.७ प्रतिशत पाइएका छन्।

समग्र देशसँग तुलना गर्दा प्रदेशहरूमा रहेको जनसङ्ख्याको उच्च असन्तुलन देखिएको तथ्याङ्क कार्यालयका प्रवक्ता रेग्मी बताउँछन्। तर जनगणनामा झन्डै ६७ लाख परिवारमा पुगेर आम्दानी खर्चका विषय समेत समावेश गरिएको थिएन। त्यसरी सोध्न सकिँदैन र सोध्नु हुँदैन भन्ने मान्यता राखिन्छ, रेग्मी भन्छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button