देशमुख्य खबर

तीन जना नयाँ मन्त्रीले लिए सपथ, ओली र प्रचण्ड दुई-दुई वर्ष प्रधानमन्त्री

नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन जना बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

Patanjali Nepal
SweetMart Nepal

राष्ट्रपति भवनमा आयोजित सपथ समारोहमा बिना विभागीय मन्त्रीहरु नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो ।

प्रधानमन्त्री प्रचण्डले यसअघि सोमबार दिउँसो तीन मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिस अनुसार नियुक्त भएका तीन मन्त्रीले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

नयाँ बनेको सत्ता गठबन्धनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल थप दुई वर्ष प्रधानमन्त्री बन्ने भएका छन् ।

यस्तै उनको दुई वर्ष पूरा भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री दिनेबारे छलफल भएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button