No Image Headlineदेश

चार वर्षे स्तानक हटाउने तयारीमा त्रिविवि, ३ वर्षे नै किन ?

Thrill Factory
Rungta Group

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाउने बताएका छन्।

त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्कायतर्फ चार वर्षे स्नातक कार्यक्रम सुरुवात गरेको थियो। विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरूलाई सम्बोधन गर्दै उपकुलपति बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुँदा विद्यार्थी र अभिभावकको लगानी बढ्नुका साथै त्रिविको कार्यसञ्चालन पनि असहज भएको बताए।

‘बाहिरको शिक्षा प्रणाली अनुकूल बनाउन जनाउँदै चार वर्षे गरियो तर छिमेकी भारत, युरोपेली मुलुकलगायत थुप्रै ठाउँमा अहिले पनि तीन वर्षे स्नातक कार्यक्रम नै चलिरहेको छ’ उनले भने।

अमेरिकालगायत केही देशमा चार वर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उपकुलपति बरालले भने, ‘त्यस्ता देश वा त्यस्तै चार वर्षे विषय पढ्न जान चाहने विद्यार्थीका लागि तीन वर्षे कोर्ष सकेपछि थप एक वर्षको छुट्टै मानार्थ उपाधिका कार्यक्रम चलाउन सकिन्छ।’

उनले विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चार वर्षे वा पाँच वर्षे हुनसक्ने बताए। विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी संख्या अत्यन्त न्यून र केहीमा शून्य रहेकातर्फ औँल्याउँदै उनले अहिले मानविकी सङ्कायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताए।

यसको समाधानका लागि मानविकीलाई सबै सङ्काय र कार्यक्रमबाट आउन मिल्ने ९मल्टी डिसिप्लिनरी लिवरल आर्ट ०का रुपमा पुनःसंरचना गरिने जानकारी पनि उनले दिए। शिक्षा सङ्कायका कार्यक्रमलाई पनि सबै विषयबाट प्रवेश गर्न मिल्ने बनाइन उनले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button