No Image Headlineदेशमुख्य खबर

वीरगञ्ज र रौतहट ईशनाथ नगरपालिकाको कफ्र्यु हट्यो

रौतहटको ईशनाथ नगरपालिका र वीरगञ्जमा कफ्र्यु हटेको छ । ती स्थानमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु बुधबारबाट हटाइएको हो ।

रौतहटको ईशनाथ–७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भए पछि गएको शनिबार प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।

अवस्था समान्य बनेपछि बधुबारदेखि कर्फ्यु हटाइएको हो । अवस्था भड्किन सक्ने भन्दै स्थानीय प्रशासनले इशनाथ नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ मा कर्फ्यु लगाएको थियो । अहिले अवस्था सामान्य बनेकोले कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

बसन्त पञ्चमीको अवसरमा पूजाका लागि राखिएको सरस्वतीको मूर्तिलाई गएको शनिबार डिजे बाजाको साथ सेलाउन जाँदा घिउरा गाउँमा दुई पक्षबीच झडप भएको थियो । त्यसपछि स्थानीय प्रशासनले उक्त नगरपालिकाको २ देखि ७ नम्बर वडासम्म अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको थियो ।

यता वीरगन्जमा दुई धर्मसमुदायबीचको द्वन्द्वका कारण सोमबारदेखि लगाइएको कर्फ्यू बुधबार राति १० बजेदेखि लागू हुनेगरी पूर्णरूपमा हटाइएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले सूचना जारी गर्दै वीरगन्जमा लगाइएको कर्फ्यू आदेश राति १० बजेदेखि हटाइएको जानकारी गराएका हुन्। वीरगन्जको अवस्था सामान्य हुँदै गएकाले कर्फ्यू पूर्णरूपमा हटाइएको सूचनामा उल्लेख छ।

यसअघि बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्ज महानगर क्षेत्रमा सोमबार साँझ ५ बजेदेखि जारी गरिएको कर्फ्यू आदेश बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागिमात्र हटाउने निर्णय गरेको थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button