देशमुख्य खबर

वीरगञ्जमा कफ्र्यु आदेश स्थगित : सद्भाव नबिगार्न अपिल, सुरक्षा सतर्कता उच्च

Thrill Factory
Rungta Group

वीरगञ्जमा आज कफ्र्यु स्थगित गरिएको छ । प्रशासनले सूचना निकालेर यस्तो जनाएको हो ।

यसअघि बुधबार पनि बिहान ११ बजेपछि कफ्र्यु जारी रहने सूचना निकालेको थियो । जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना निकालेर यस्तो बताएको हो ।

स्थानीय प्रशासन ऐन २०१८ को दफा ६ क अनुसार बिहान ११ बजेदेखि कफ्र्यु जारी हुने बताएकोमा पछिल्लो सूचनामार्फत राति १० बजेसम्मका लागि स्थगित गरेको हो । गत सोमबार भएको प्रदर्शन अराजक बन्ने अन्ने अवस्था आएपछि प्रशासनले सोही दिन साँझ ५ बजेदेखि कफ्र्यु लगाएको थियो ।

सुरक्षा सतर्कता उच्च

यसैबीच वीरगञ्जमा सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको छ । नगरका संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो परिचालन गरिएको छ । सामाजिक र र्धािर्मक सद्भाव कायम राख्न आग्रह गरिएको छ । सबै दल, नागरिक समाज र बुद्धिजीवीहरुले यस्तो आग्रह गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button