अर्थ

विराटनगर जुट मिल्समा आगलागी

विराटनगरस्थित विराटनगर जुट मिल्समा आगलागी भएको छ। पछिल्लो समय बन्द अवस्थामा रहेको मुलुकको पुरानो जुट मिल्समा मंगलबार राति भएको आगलागीमा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।

Patanjali Nepal
SweetMart Nepal

मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रञ्जनकुमार दाहालका अनुसार आगलागीका कारण मिल्सको ३ वटा मेसिनमा क्षति पुगेको छ।

विद्युतीय सर्टसर्किटबाट आगलागी भएको हुन सक्ने बताउँदै उनले राति ९ बजेबाट सुरु भएको आगलागी आज बिहान १ बजे नियन्त्रणमा आएको बताए।

बन्द अवस्थामा रहेको मिल्सको जुटको बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम तयारी अवस्थामा पुर्‍याउने स्वाप्नर ब्लिचिङ विभागमा आगलागी भएको हो।

प्रहरी नायब उपरिक्षक दाहालका अनुसार आगलागीका कारण जुटको बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पूर्णरूपमा जलेको छ।

आगलागी नियन्त्रणका लागि विराटनगर महानगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोग रहेको थियो।

२०७८ साल माघबाट बन्द अवस्थामा रहेको मिल्सका सुरक्षा सुरक्षा कमाण्डर पप्पु सुब्बाले आगलागी नियोजित रूपमा लगाएको हुन सक्ने बताए।

पछिल्लो समय रकम भुक्तानीको विषयलाई लिएर श्रमिक र व्यवस्थापनबीच विवाद रहेको छ। सुरक्षा कमाण्डर सुब्बाले बन्द रहेको जुट मिल्स सरकारले केही समयभित्रमै सञ्चालन गर्ने तयारीमा रहेको र मिल्स चल्न नदिने केही व्यक्तिका समूहले आगलागी गराएको हुनसक्ने बताए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button