No Image Headlineखबर फटाफटदेश
बारामा सवारी दुर्घटना : दुईजनाको मृत्यु, तीन घाइते

बाराको पथलैयामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने घटनामा तीन जना घाइते भएको प्रहरीले बताएको छ ।



पूर्व–पश्चिम लोकमार्गअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका– २१ स्थित आधाबारमा बोलेरो र ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।



जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामकुमार महतोका अनुसनर हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बोलेरो र विपरित दिशाबाट जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक एकापसमा ठोक्किएको हो ।



दुर्घटनामा मृत्यु भएका तथा घाइतेको पहिचान खुल्न सकेको छैन । घाइतेहरूको वीरगञ्जको एल एस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।