खबर फटाफटदेशमुख्य खबर

वीरगञ्जमा तेस्रो दिन पनि कफ्र्यु, सद्भाव कायम राख्न सर्वपक्षीय पहल

Thrill Factory
Rungta Group

वीरगञ्जमा आज तेस्रो दिन पनि कफ्र्यु जारी रहने भएको छ । जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना निकालेर यस्तो बताएको हो ।

स्थानीय प्रशासन ऐन २०१८ को दफा ६ क अनुसार बिहान ११ बजेदेखि कफ्र्यु जारी हुने बताएको छ । गत सोमबार भएको प्रदर्शन अराजक बन्ने अन्ने अवस्था आएपछि प्रशासनले सोही दिन साँझ ५ बजेदेखि कफ्र्यु लगाएको थियो ।

आज बिहान ६ देखि खोलिएको कफ्र्यु ११ बजेपछि पुनः लगाइएको हो । यसैबीच पर्सामा बसेको सर्वपक्षीय बैठकले धार्मिक तथा सामाजिक सदभाव कायम गर्न सहकार्यको निर्णय गरेको छ । उता जिल्ला प्रशासन कार्यालय बाराको पहलमा भएको सर्वदलीय बैठकले पनि यस्तै निर्णय गरेको छ ।

गत फागुन ३ गते रौतहटको इशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच भएको झडपको विरोधमा सोमवार वीरगञ्जमा विरोध जुलुश निकालिएको थियो । सो जुलुशको प्रतिकारमा अर्को पक्षले जुलुश निकालेपछि तनाव बढेको हो । कफ्र्युमा आवतजावत, भेला, हिँडडुल, जुलुश प्रदर्शन, घेराउ, र्‍यालीलगायतका गतिविधिमा रोक लगाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button