खेल संसार

नेदरल्याण्डस् ७ विकेटले विजयी

Thrill Factory
Rungta Group

नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।

नामिबियाले दिएको १२४ रनको लक्ष्य पछाएको नेदरल्याण्डस्ले २७.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ३५.१ ओभरमा अल आउट हुँदै १२३ रन मात्र बनाएको थियो ।

नामिबियाको ब्याटिङ लाइन ध्वस्त गर्ने क्रममा नेदरल्याण्डसका बलर आर्यन दत्तले सर्वाधिक ६ विकेट लिएका थिए । आर्यनले ९ ओभरमा ३४ रन दिएर ६ विकेट लिएका थिए । यो जितसँगै नेदरल्याण्डसले लिग-२ मा २ अंक हासिल गरेको छ ।

 लिग-२ का २-२ खेल सकिदा नेपाल, नामिबिया र नेदरल्याण्डसको २-२ अंक भएको छ र रनरेटको आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button