खबर फटाफट

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

Thrill Factory
Rungta Group

जिल्ला प्रहरी कार्यालय दैलेखले १२ वर्षीय बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा २२ वर्षीय युवकलाई शुक्रबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ का २२ वर्षीय विकास बूढा रहेका छन्। 

बुढाको घरमा बस्दै आएकी १२ वर्षीय बालिकालाई विकासले फागुन ३ गते यौन दुरूपयोग गरेको भन्ने जाहेरी प्रहरीमा परेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। भगवतीमाई गाउँपालिका–७ स्थायी वतन भएकी १२ वर्षीय बालिका परिवर्तित नाम थर ६२ दैलेख (क) ४४ विकास बुढाको घरमा बसोबास गर्दै आएकी थिइन्। 

ती बालिकालाई २२ वर्षीय युवक विकासले यौन दुरुपयोग गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरि थप अनुसन्धान भइरहेको छ। उनलाई अनुसन्धानका लागि दैलेख जिल्ला अदालतबाट चार दिनको म्याद थप भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button