अन्तराष्ट्रिय

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको गोलीबाट २ जना आतंककारीको मृत्यु

Thrill Factory
Rungta Group

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार प्रहरीले गरेको जबाफी कारबाहीमा २ जना आतंककारी मारिएका छन्।

आतंकवादीहरूले उक्त प्रान्तको ट्यांकस्थित मतदान केन्द्रमा गोली चलाउँदा राष्ट्रिय सभा निर्वाचनको पुनः मतदान भइरहेको प्रहरी स्रोतले बताएको छ ।

गोली प्रहार भएपछि मतदान केन्द्रमा तैनाथ प्रहरीहरूले तुरुन्तै जबाफी कारबाही गर्दा आक्रमणकारीलाई मारिएको बताइएको छ । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।

आक्रमणपछि मतदान प्रक्रिया केही समयका लागि रोकिएको  थियो । फेब्रुअरी ८ मा भएको निर्वाचनमा शान्ति सुरक्षाको अवस्थाका कारण निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा मतदान स्थगित भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button