अन्तराष्ट्रिय
कङ्गोमा भारी वर्षाका कारण बाढी, तीन सय जनाको मृत्यु

कङ्गोमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा तीन सय जनाको मृत्यु भएको एक मन्त्रीले बताएका छन् ।



सामाजिक मामिला, मानवीय कार्य र राष्ट्रिय ऐक्यबद्धता मन्त्री मुटिङ्गा मुतुइशायीले विपद् कम्तिमा ४३ हजार सात सय ५० घरहरू भत्किएको बताएका हुन् ।



उनले सरसफाइ र सफा पानीको अभावमा महामारीको जोखिमबारे पनि चेतावनी दिए ।



मन्त्रीले कङ्गोली अधिकारीहरूलाई मानवीय टोलीहरूलाई सहयोग गर्न अन्तराष्ट्रिय एकताको लागि आह्वान गर्दै पीडितहरूलाई मद्दत गर्न तुरुन्तै कोष जारी गर्न आग्रह गरे ।