अन्तराष्ट्रिय

ड्रोन आक्रमणमा हमासका वरिष्ठ नेताको मृत्यु

हमासका वरिष्ठ नेता सालेह अलअरूरी बेरूतमा मारिएपछि लेबनन सरकारले इजरेलमाथि मध्यपूर्वमा क्षेत्रीय युद्ध बल्झाउन खोजेको आरोप लगाएको छ। इजरेलले भने उक्त घटना लेबननमाथिको आक्रमण नभएको तर्क गरेको छ।

Patanjali Nepal
SweetMart Nepal

इजरेल सरकारका एक प्रवक्ताले सालेह अलअरूरी हमासको नेतृत्वविरुद्ध गरिएको सर्जिकल स्ट्राइकमा मारिएको बताएका छन्। तर उनले त्यसमा इजरेलको भूमिकाबारे केही टिप्पणी गरेनन्।

इजरेलले हमास लडाकु समूहविरुद्ध सैन्य कारबाही थालेपछि ज्यान गुमाउने नेतामध्ये अरूरी सबैभन्दा वरिष्ठ हुन्। हमासले उक्त आक्रमणको निन्दा गरेको छ।

हमासको साझेदार हिज्बुल्लाहले उक्त घटनालाई लेबननको सार्वभौमिकतामाथि भएको आक्रमण को सङ्ज्ञा दिएको छ। लेबननका प्रधानमन्त्रीले इजरेलले लेबननलाई मुठभेडमा तान्न खोजेको आरोप लगाएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button